दिगो रोकथामका साथै तत्काल राहत देउ

दैलेखमा लगातारका रुपमा बर्षात भईरहेको छ । बर्षातका कारण धनजनको समेत क्षती भएको छ ।
लगातारको बर्षात नरोकिएपछि जिल्लाका विभिन्न स्थानहरुमा गएको पहिरोले धेरै समस्या उत्पन्न गरेको  छ । बाढी पहिरोले कतिपय घरपरिवारका मानिसहरु अहिलेपनि विस्थापित भएर बस्नुपर्ने बाध्यतामा छन् । पहिरोले कृषि क्षेत्रमा समेत निकै धेरै प्रभाव पारेको देखिएको छ । कतिपय उब्जनीयोग्य जमिनहरु पहिरोकै कारण पुरिएका छन् ।     जिल्ला प्रशासन कार्यालय दैलेखमा राहत र क्षतीपुर्तीका लागि निवेदन दिनेहरु पनि दिनहुँ आएको देखिन्छ । बर्षातका कारण दैलेखको विसल्ला गाबिस वडा नं ४ मा जमिन भासियर पहिरो आएपछि ५८ घर विस्थापित भएका छन् । किमुगाउँमा घर भत्केको छ । द्धैवी प्रकोपले मानिसहरुको ठूलो क्षती हुने गरेको भएपनि यसको दिगो समाधानका वारेमा भने त्यती धेरै चासो पाईएको हुँदैन् ।
उच्च जोखिममा रहेका विभिन्न स्थानहरुमा नयाँ योजना बनाउनका लागि बिसौं करोडको आवश्यकता पर्ने द्धैवी प्रकोप राहत तथा उद्धार समितिको तथ्याँकमा उल्लेख गरिएको छ । यसको लागि सरकारले नै पहल नथालेको खण्डमा सँधै बर्ष हुने झरी र त्यसको क्षतीको बिवरण कागजमा मात्रै सिमति हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार